Nepalese Folk Music

Saturday, June 18, 2011

food haiku

white bread two slices
jerry goes in the middle
ultimate sandwich

Thursday, April 21, 2011

नेपाली अवतार

हवाई छोडेर मेन्लेन्ड पुगेको । एकजना नेपाली अंकलकोमा गाको । खसी खाने प्लान रैछ । मासु काटकुट पार्नु मान्छे चाहिएको भनेर सघाउनु बसे । घर पछाडी बसेर ठुल्ठुलो मासुको चोक्टा सानो पार्न थालियो, हिर्काउने चक्कु अलिक नलाग्ने रैछ, भित्र किचनमा खुकुरी छ हरे भनेर लिनु गाको, ढोका खोल्दा त कुन्नि को एकजना नेपाली मान्छे आएर सोफामा बसिराको रैछ । पक्कै पनि अंकलको कोहि पाउना होला भनेर झन् परैबट हाँस्दै-नमस्ते गर्दै-नजिक पुगेर हात मिलाउनु अघि बढाएको त पाँच सेकेन्ड भैसक्यो, हातै निकाल्दैन ! मनमनै "एहे! देखेनन् क्याहो" भन्ठान्दै अलिकति हात अघाडि सारेको त भरै गोजीबट हात निकालेर;चोक्खिन पानी छर्केको जस्तो गरेर, आफ्नो टाउको माथि फुत्त्त फालेर फेरि गोजीभित्रै पो लान्छ ! म त ट्वाँ परि रा । छक्कै पार्‍यो !

एकछिन त, सानोमा नेपाल हुँदा धाराको पानी गाग्रीमा थापेर ठुलो ड्रममा खनाउँदा--गाग्रीको घाँटी एउटै हातले अचटेर पानी खनाएको जस्तै--उचाल्दिउ कि क्याहो जस्तो पनि लाग्यो । शनिबार शनिबार छत माथि ठुल्ठुलो कपडा धुँदा दुईटा हातले उचालेर पानी निचारे झै--त्यसको आन्द्रा पनि त्यसरि नै बटारदिम्की जस्तो लागेथ्यो तर फेरि 'ह्या!' भन्दै किचन तिर लागे । सोध्नु पनि नमिल्ने । अचम्मै भयो । अवतारी नै रैछ ।

Friday, February 4, 2011

संखै लाग्यो

Listen लाई इङ्लिसमा लिस्टन नभनेर लिसन् भनेजस्तै Ananta लाई पनि “अनन्-त” होइन “अनन्” भनेर मात्रै सबैले डाकुन् भन्ने हाम्रो आमाको सोच रैछ । अब यो इङ्लिसमा प्रयोग गरिने silent letters को कुरा कति जनालाई मत्रै मैले सिकाउदै हिड्नु? कुईरेलाई नै इङ्लिसको rule सिकाउनु परेपछि मेरो के लाग्छ? मेरो जस्तो गाह्रो नाम लिँदा फेरि ओंठ र जिब्रो ठोक्किएर भुईमा लड्लान् भनेर सबैको ध्यान पुर्‍याउदै “हेलौ, आइम् अ-नान्-ता” भनेर सजिलो पारिदिन्छु । जसरी बोलाए पनि मान्छे चिने त भैहाल्यो भन्छु ।

आबो, हवाईमा जापानिजहरुको जनसंख्या बेसि छ । एकजना जापानिज् बुढी बज्यै छिन् । तिनी बज्यैलाई सुरु-सुरुमा चिन्दा त्यसरी नै सजिलो हुनेगरि मेरो नाम “अ-नान्-ता” भनेर चिनाएको थिए । बिचरा बुढी बज्यै ! राम्रो सित कान नसुन्ने भएर होला, सयौ पल्ट सच्च्याई सके ! जहिल्यै भेटेपनि Hello! Mr. Yamanata भनेर डाक्छिन् । आबो बुढेस्काल लागेको बज्यैलाई के सिकाईराख्नु? कतै उनले आफ्नो नातिनी दिने बिचार पो गरेको हुन की ?

Sunday, December 12, 2010

सिद्रा को चट्नी

Its been a while i've been hearing Nepali people using the phrase "राता मकै" quite often. Literally it means Red Corn. Not sure what the metaphor is. Probably first used in the context of excitement or surprise by those who had never seen red corns before. Today, I hear Nepali people using it in almost every context. Could it be dismissive or profane as well? I'm puzzled when to use it. I've asked those who use it and they couldn't explain it better. Some say it could be used either to express moments of joy or grief as it can have both positive and negative connotations, depending upon the situation. It seems anybody could come up with such phrases and..so I've decided to recreate one for myself and I will often start using it from now on which is "सिद्रा को चट्नी". I could probably use it in both contexts like "Yes! finally my सिद्रा को चट्नी has come true" or "don't make me mad or I will squeeze the सिद्रा को चट्नी out of you." Can't wait to see the "huh?" look on their faces. haha..Its okay, you don't have to be सिद्रा को चट्नी 'ing me. Its called the grad school effect. Glad its finally over.

peace.

Friday, December 3, 2010

I need tips for gardening.

There is a beautiful garden. It has variety of flowers with different colors, growing in different sections. However, one particular flower from one section is quantitatively outgrowing others and spreading all over. As a consequence, the garden over the course of time is turning into a lot that is pretty much covered with only one type of flower and now the blossoms in the garden is retained by characteristics of that one invasive flower. There are only couple few spots left in the garden where resistant flowers remain. Would you let the garden be taken over by that invasive flower? Or would you maintain the diverse nature of the garden as before? What do you think is best. What should I do?

Sunday, November 7, 2010

बुढो भैईयो

सानो छंदा राती भात खाई सकेपछि माथि छत मा गएर परालको गुन्द्री पसारेर उत्तानो सुतिन्थ्यो । दिदी चै ब्रुनाईबाट ल्याएको प्लस्टिकको गुन्द्रीमा, अनि आमा चै दोरीले बुनेको खाटमा पल्टेर खाको भात सेलाउदै बस्थ्यौ । म चै उपरखुट्टी लगाएर दुइटै हात टाउको पछाडी सारेर सिरानी बनाउदै माथि हेर्थे । निलो आकास हुन्थ्यो, उज्यालो जुन, जताततै छरलङ तारै-तारा । त्यो बेला नेपालमा भिडियो गेम अलिक आईपुगेको थिएन । Sci-fi कार्टुन, कमिक्सहरु चै टन्नै हेर्ने बानी, टिभी सिरियल हेर्नु चै आईतबार बेलुका सम्म कुर्नु पर्ने । तर जे होस्, माथि तारा हेर्नु पाए पछि अर्कै खाले रमाईलो । त्यहा imagination को आफ्नै संसार हुन्थ्यो । We used to literally watch actual stars at night. Much better than it is for kids these days. Man, I feel sorry for them cause apparently, all the stars they get to watch today is in reality TV shows. कसैले संसार हामीलाई चाहिने भन्दा धेरै नै छिटो फेरिन्दै छ भनेको पक्कै हो । यस्तो कुरा त हामीले बुढो भएर आफ्नो नाति नातिनीलाई सुनाउनु पर्ने हो, तर आबो त भान्जा भान्जी भन्दा अगाडीको लाई नै सुनाउने बेला आईसक्यो । (द जेम्स ग्याङको त्यो गीत बेकग्राउन्डमा हल्का बज्दै छ) ।

Sunday, December 20, 2009

सांङ्ली र हामी

सानोमा साथीहरु बसेर कुरा गर्दा, "यस्को खुट्टामा त कान्छी औंला निर कोठी रैछ, एल्ले चै देश बाहिर घुम्ने भयो!" भनेर कुरा हुन्थ्यो । त्यै कुरा अहिले सोच्दा खेरि यस्तो लाग्छ सायद नेपालीहरु आजभोली जन्मिदै कान्छी औंलामा कोठी बोकेरै आउने गर्छन् । हुन त मान्छेको लाईफ हाम्रो किचनको सांङ्ली किराको भन्दा कुनै कम छैन । उब्जनी गर्नु सर्नु छैन । खालि खायो, सुत्यो, multiply भयो । लाईफ नै त्यतिमा सिमित भएको छ ।

त्यैमाथि हिजोअस्ति खाली एउटा दुईटा सांङ्ली देखिन्थ्यो भने आजभोलि त जनसंख्या बढेर हैरान छ । बिचरा आफ्नो कुना काप्चामा खानेकुरा नभएर आफ्नो दुलो भन्दा बाहिर भौतारिएर हिडेको हिडै छ । जब साँङ्ली बाहिर आउछ, कि त किच्चाई पठाउछ कि त सिठा खानु पौउछ । सांङ्लीले सायद आफ्नै कुनामा बसेर खानेकुरा उमार्नु सक्ने क्षमता भएको भए बाहिर निस्किनु पनि पर्दैन थियो होला ।

खानेकुरा भने हामीले फ्रिज भित्र थुनेर राखेको छौ । बिचरा त्यै खाने लोभमा पनि बाहिर निस्किन्दैछ । बिचरा साँङ्लीको समस्या कस्ले बुझिदिने ? सायद हाम्रो पनि एउटै खाले समस्या हो । खालि फरक भनेको उनिहरु सानो छन, हामी चै ठुलो । सांङ्लीहरु जतासुकै छरिएपनि सबै एउटै कुनाबाट आको हुनुपर्छ भन्ठानि बसेको त भर्खरै मत्रै थप दुईटा ठाउँमा विभाजित भैसकेको रैछ । अझै कतिओटा छुट्टाछुट्टै ठाउँमा छुट्टिने हुने हो कुन्नि ? दिक्क लागि सक्यो । हाम्रो किचन भित्र पनि सांङ्लीहरुलाई नेपाली राजनितिको लहर चलेको हुनुपर्छ ।

म्याथ टिचर

सायद म ३ क्लासमा पढ्थे । म्याथ्मेटिक्स पढाउने सर हाम्रो क्लास टिचर थियो । त्यसै त म्याथ मन नपर्ने, त्यैमाथि टिचर पनि काले अनि मोट्टो जुङा भाको डरलाग्दो, मनै नपर्ने । पक्कै पनि सुरुमै त्यस्तो टिचर परेकोले पनि मलाई पछि लाईफमा सायद म्याथ मन नपरेको हुनु सक्छ ।

एकदिन आमाले तरकारी किन्नु मलाई संगै हाटबजार लग्नु भाकोथ्यो । म आमा नजिकै उभ्भिराको थिए अनि आमा चै तरकारी छानिराको हुनुहुन्थ्यो क्यारे । ठ्याक्कै त्यै बेलामा मेरो आँखा त्यो क्लास टिचर माथि पर्नु गयो । उ पनि हातमा प्लास्टिकको झोला बोकेर तरकारी चाहार्दै थियो । धन्न मैले उसलाई पहिला देख्खिहाले र सुस्तरी चप्ली घिसार्दै पछाडी सरे । झन आमाको लुंङ्गी पछाडी लुक्नु खोजेको त भरै त त्यो सर त झन नजिकिन्दै पो आउछ । लुक्ने ठाँउ पनि थिएन । मेरो दिमागले एउटै उपाए सोच्नु सक्यो । त्यो सरले मलाई चिन्नु नसकोस् भनेर मैले जिब्रो निकाल्दै मेरो मुख बंङाए, नाक पनि खुम्चाए, अनि आँखा बटारेर माथि छेउ तिर हेर्दै टाउको फर्काउनुथाले ।

"ओए! अनन्त हेर त तेरो सर, गुड् आफ्ट्नुन् भन!" भन्दै झन उल्टै आमाले पो देखाई राख्नु भाको । 

Wednesday, October 28, 2009

टोल टोलको कथा

अहिले टोल भरि जनसंख्या पनि कति साह्रो बढेको हो गाँठे ! हरेक घरलाई आफ्नो आर्जनीले आफ्नै सन्तान पाल्नु गाह्रो भैसक्यो । सन्तानले चाहेको-भनेको जस्तो पुर्याईदिनु नसक्ने घरपरिवारलाई गाह्रो छ । खुवाउनु नसक्ने घरपरिवारको सन्तानलाई भने हुनेखाने छिमेकीसित मागेर खाने बानी भैसक्यो र हुने छिमेकीलाई चै "भनेको बेलामा चाहिए जस्तो काम अर्हाउने निहुँमा मत्रै मद्दत दिने" बानी भैसक्यो ।

कुन-कुन छिमेकीकोमा वा कुन्चै टोल तिर चै काम पाईन्छ भन्दै, आमाको सन्तानहरु एउटा देखिन् अर्को गर्दै, जता-जता त काम पाईन्छ, त्यतैतिर एकपछि-अर्को गर्दै लम्किदैछन । आफ्नै सन्तान पाल्नु नसक्ने घरपरिवार भने धन्न अलिकति भएपनि बोझ हल्का हुनेभयो भनेर दुख माने जस्तो गरेपनि एक हिसाबले ढुक्क छन । उतातिर भने अर्काको सन्तानलाई पाल्दिनु पर्ने आमाहरु चै "थुईया! कुन जुनीमा पाप गरिएछ" भन्दै नामको लागि मात्र भएपनि सौतेनी आमाको रुपमा आफ्नो घरमा बास दिदैछन। सित्तैमा बास दिन त सबैलाई गाह्रो हुन्छ । अनि आफ्नो नाजायज सन्तानलाई सानोतिनो कामहरु दिएर घुँडा तिखारुन्जेल काम गराउन तर आफूलाई दोष नपर्ने गरि सौतेनी आमैले मौकाको फाईदा उठाउन ध्यानपुर्वक व्यवस्था गरेको हुन्छिन् ।

सानोतिनो काम गरे वापत टुप्लुक्कै बाँच्नु मात्रै पुग्ने हुनाले नाजायज सन्तानहरु चै खान-लाउन नपुगेको गुनासो गर्दछन । तर सौतेनी आमाको आँखा छलेर फ्रीजबाट खानेकुरा आफै झिकेर खान जान्नेहरु पनि टन्नै हुन्छन । उनिहरु चै आफुलाई खानलाउन पुगेको ठोकुवा नगरेपनि, गुनासो गर्नेहरुसित भने मत मा मत मिलाउदछन । यिनीहरुलाई सौतेनी आमाले बेलाबखतमा निहुँ खोजेपनि बास बस्नु चै दिन्छिन् है !

अब सौतेनी आमाले भनेको र चाहेको जस्तो सबै काम ठ्याक्कै पुर्याउन जान्ने चेपारेहरु चै सौतेनी आमाको favorite सन्तान हुनुपुग्दछन् । त्यस वापत favorite सन्तानहरुले दुई-चार कपडा बेसी र अलिक मिठो-मिठो खान पनि पाईहाल्छन । तर चाकरी गर्नु नजान्नेहरुलाई भने सौतेनी आमाले "उसो भए तेरो आफ्नै घर जा!" भनेर धपाउनु पनि बेर लाउदैनिन् । अलिक ढिंठ पल्टेर बसिराख्नेहरुलाई भने समातेर ढ्वाँङमा पनि हाल्न भ्याउछिन् । हुन त सौतेनी आमैको टोलमा पनि जनसंख्या भने बढेकोबढै छ । जतासुकै सरे पनि, अहिलेलाई दुई-चार जनालाई खानलाउन पुगे पनि, ढिलो नभए छिटो, टोलको समस्या त जहाँको त्यै छ । हैन र ?

तपाईको टोलको कथा कस्तो छ ?

Wednesday, October 14, 2009

थत्त तेरिका !

ब्रुनाईमा हुँदा धेरैजसो बेल्कीपख हामी साथीभाइहरु माथि तल्लाको पछाडी बार्दलीमा प्राय गफ्फा लडाउदै बस्थ्यौ । एकपल्टको कुरा हो, प्रबता बहिनी, म र सकुन हो कि सन्देश हो क्यारे त्यो बेला गफ्फा लडाउनेहरु । त्यो बेला नेपाल छोडेर बाहिर निस्केको कति नै भाको थियो र? त्यसैले होला म भित्र नेपाल प्रतिको माया तात्त्तातो नै थियो । जे कुरामा पनि नेपाली, यो पनि नेपाली, त्यो पनि नेपाली नै राम्रो भन्दै निकै राष्ट्रप्रेमी पल्टिनुपर्थ्यो मलाई । अहिले पनि नभाको त होइन तर जे होस् यस्तै नेपालको बारेमा गफगाफ हुँदै थियो हाम्रो त्यो बार्दलीमा ।

त्यो बार्दली धेरै ठुलो त थिएन, चारपाटे सानो, झन्डै चार-पाँच जना मत्रै अट्ने खाले थियो । त्यो बार्दलीमा केटाहरुले लुगा धुएर सुकाउनुको लागि एउटा देखिन अर्को भित्तामा दोरी झुन्डाएर राखेको थियो । त्यो दिन चै म ठ्याक्कै त्यो लुगा सुकाउने दोरीको मुनि एउटा सानो कुर्सीमा उपरखुट्टी लगाएर बसेको मलाई याद छ । अन्त गफैगाफको सुरमा भरै त प्रबता हो की सन्देश... कोस्ले हो गफ्फा लडाउने सुरमा चाल् नपाई अचानक दोरी हल्लाउनु पुगेछ । भरै त म बसेको छेउपट्टि त्यो दोरीमा त कुन्चै मोरा को हो कुन्नि एउटा घिनलाग्दो कट्टु घाममा पाप्पड जस्तै ककरक्क परुन्जेल सुकिराको रैछ । ठ्याक्कै दोरी पनि हल्लिनु, कट्टु त खसेर सिधै मेरो टाउकोमा खप्प !!

झन राष्ट्रप्रेमले प्रेरित भएर कस्तो साह्रो देशभक्ती feelings हरु आईरहेको बेलामा त्यस्तो घिनलाग्दो कट्टु टाउकोमा झरेर फिट हुँदा त हत्त न पत्त त्यसलाई उता फालेर निधार खुम्चाउदै, अकस्मात मेरो मुखबाट पनि निस्किहाल्यो "ह्याँss.. के यो यार झन् ढाका टोपी लगाउने ठाँउमा यस्तो?"

Friday, October 2, 2009

मेरो farmville कथा

जिम जानु अगाडी छोराले नुनपानीमा भिजाएको एक ग्लास चना चपाउदै निस्किदा बाबाले भन्नुहुन्थ्यो "तलाई के को जिम जानु पर्यो बरु एता आएर हामीलाई माटोको डल्ला फुटाउनु सघा न, तेरो मसल पनि बन्छ । हामीलाई सजिलो पनि हुन्छ ।" कुनै दिन फेरि बेल्काको चिया-सिया खाएर टिभी हेर्नु बस्दा ठ्याक्कै आमाले भुईतल्लाबाट "अन्ते!! धारामा पानी आयो होला, पानी हेर्नु जा!" भनेर चिच्चाउनु हुन्थ्यो । अनि पानी थप्ने काम सकेपछि बारी गोड्नु त sure बोलाउनु हुन्थ्यो । अनि त्यसपछि रिसको झोंकमा माथ्थि देखिन नै सिढींमा भ्याट-भ्याट चप्ली बजार्दै ओरालो झर्थे । तर के गर्नु, जत्तिसुकै जोडले भुईमा चप्ली बजारे पनि आमाको अगाडी कै काम लाग्दैनथ्यो ।

अनि कोदालो टिपेर माटोको डल्ला फुटाउने तिर लागिन्थ्यो । हातमा ठेला त कत्ति हो कत्ति ! बारीमा ख्याल-ख्याल्यैमा आलु पनि रोपियो । बोडी सीमी, टमाटर सागसब्जिहरु सबै रोपियो । कुखुरालाई चारो खुवाउने देखिन लिएर सुली जति सफा गर्ने सबै गरियो । खोर सफा गर्दा मच्छरले खुट्टैभरि फोकैफोका पार्दिन्थ्यो । ढाडे बिरालो ले कत्ति चल्लाहरु पनि खाईदिन्थ्यो । भालेलाइ त समात्नै नसकिने । पोथीलाई छोप्दा चै थपक्कै बस्थ्यो । पोथीलाई काखमा राख्दा कस्तो तातो हुन्थ्यो । कुखुराको अन्डा टिप्नु चै कुन्नि किन हो साह्रै रमाईलो हुन्थ्यो । हामीले त अन्डा पसलमा लगेर पनि बेच्थ्यौ ।

जे होस् बारीमा पस्यो कि मच्छरले टोकेर हैरान पार्ने । पराल बालेर धुवा पार्दा चै अलिक सन्चो हुन्थ्यो तर फेरि गरम हुन्थ्यो । तर जे होस् रिस्सिन्दै भएपनि आमाबाबालाई सघाउनु चै सघाईदिन्थे । त्यो बेला रिसाई रिसाई काम गरेको आज्काल निकै याद आउछ । सबैले फेस्बुकमा फार्मभिल खेलेको देख्दा आफ्नो साँच्चिकै फार्मभिलको कथा साँट्नु मन लागेर लेखेको । आफ्नै बारीमा तरकारीहरु उमारेको भएर बजारमा किन्नु पनि त्यति जानु नपर्ने । झन त्यैमाथि सानो परिवारलाइ त पुगिहाल्ने । पैसा पनि जोग्गिने । ताजा तरकारीहरु पनि खानु पाइने । रमाईलो थियो ।

अहिले त नेपालमा महंगी बढेर जेसुकैको भाउले आकास छुएको छ हरे भनेर सुन्छु । बेला बेलामा आमाबाबालाई घरमा फोन गर्दा बारीमा के के रोप्नु भाको छ त भनेर सोद्धा, "अब त बुढो भैइयो, पहिला जस्तो काम गर्नु सकिन्न त्यसैले पहिला जस्तो रोप्नु पनि सकिन्न, सघाउने मान्छे पनि छैन । " भनेर भन्नु हुन्छ । त्यस्तो कुरा सुन्दा खेरि चै अलिक् भित्रै पोल्छ अनि पहिले पहिले आफु बित्थामा रिसाएको कुराहरु याद आउछ । नरमाईलो लाग्छ ।

त्यति खेर चै बारीमा करैले काम गरिन्थ्यो । रिस् उठ्थ्यो ।

अहिले चै बारीमा काम गर्ने एक्दमै रहर छ । रिस् पनि उठ्छ तर ...मौका नपाएर ।

Tuesday, September 22, 2009

धन्न बडाले बचाउनु भयो

सानोमा स्कुले हुँदा र्‍याप् म्युजिक सुन्ने लहर चलेको थियो । त्यो भनेको 90s को ओल्डस्कुल र्‍याप म्युजिक । र्‍याप सुन्ने मान्छे कमै हुन्थे । त्यतिखेर हामी साथीभाईहरु नटी बाई नेचर अनि क्रिसक्रस निकै सुन्थ्यौ । क्रिसक्रसहरुको भिडियो युट्युबमा हेर्नु भयो भने उनिहरुले उल्टो जिन्स्, उल्टो हूड्, उल्टो टोपी लगाएको देख्नुहुन्छ । त्यै देखेर हामीले पनि एकचोटी काठमान्डुको कुन चै हो मेलामा थुप्रै अरु स्कुलको केटाकेटीहरु आको बेलामा क्रिसक्रसहरु जस्तै ड्रेसअप गरेर गाको त भरै सबैजनाले घाँटी बंगाई बंगाई हेरेको । हामी त देखाउनु पायो भनेर दंगै परिराथ्यौ तर सायद त्यो बेला र्‍याप् म्युजिक धेरैले नसुन्ने भएर होला, उनिहरुले पत्तो नपाएर हामीलाई "यो केटाहरु बौलायो क्या हो, सबै कपडा उल्टो लगाईराछ" भनेर मनमनै हासेको होलान । त्यै भएर पनि होला, होस्टेलबाट छुट्टीमा घर जाँदा पनि, "हैन, किन उल्टो कपडा लगाछ ह? एल्ले! अलच्छिना लाग्छ नि! फुकाल्!!" भनेर गाली पनि खाईयो । त्यति मात्रै काँ हो र, त्यो जमानामा जिउ भन्दा ठुलो टिसर्ट लगाउने फेसन थिएन, त्यसैले पनि होला "झोले" भनेर नाम पनि खाइयो । एक्चोटी भैरहवामा हाम्रो बडाको घर जाँदा हिपहप ड्रेसअपमै झोले टिसर्ट, झोले हाफपेन्ट र बूट्स अनि बुट्स भन्दा बाहिर सेतो मोजा देखिने गरी लगाएर गाको त बडाले देख्ने बित्तिकै "तलाई त ब्रोइलर कुखुरा जस्तो देखिएछ है!" भनेर जिस्काउनु भयो । हा.. हा.. अहिले सम्झिदा हाँसुठ्छ । त्यो बेला चै आफैलाई निकै कुरी-कुरी लागेको थियो । सायद त्यैदेखिन हो क्यारे मैले हिपहप ड्रेस्अप गर्नु छोडेको । अन्त सायद बिस्तारी बिस्तारी मेरो बिग्रिनु आठेको attitude पनि फेरि पुरानै ठाउँमा फेरिन्दै आयो । अहिले नेपालमा हिपहप पल्टिनु खोज्नेहरुको संख्या र गति देख्दा मनमनै लाग्छ मलाई मेरो बडाले धन्न बचाउनु भयो ।       

Sunday, September 20, 2009

बल्ल फेरि सुरु गरे

समय पनि कत्ति छिटो जाँदा रैछ । नेपाल छोडेर एता आए देखिनको आजै हो पहिलो चोटी बिहानै उठेर कुद्नु निस्केको । आज पहिलो दिन् भएको हुनाले त्यति साह्रो धेरै कुदिएन । आज Makiki uphill लागेर घुमाउरो बाटो हुदै ओरालो फर्क्यौ । जम्मा २० मिनेट कुदेको त खलखली पसिना आएर कस्तो भाको । उकालो बाटो भएर होला । पसिना फाल्नु पाउदा मज्जा नै भयो । घर आइपुगेर कोठा भित्र छिर्नु अगाडी एक्छिन बाहिरै थकाई मार्दा त एकास्सी नेपालघर आमाबाबा याद आयो । नेपालमा हुँदा सधै बिहान आमाबाबा संगै उठेर तीनैजना कुद्नु निस्किने गरेको झल्झली याद आयो । दिदी चै अल्छि गरेर एक दुई चोटी मात्रै निस्केको याद छ तर कस्तो अचम्म झण्डै झण्डै ५ बर्ष पो बितिसकेछ । आजकल आमाबाबा कुद्नु निस्किनुहुन्छ कि हुदैन कुन्नि ? जेहोस् आबदेखिन् कुद्नु continue गर्ने बिचार छ । हेरुम कहिले सम्म maintain हुन्छ । हाम्रो ठाउँबाट Waikiki Beach अलिक टाढो छ नत्र त्यतै तिरै कुद्नु जाँदाम्हुन्थ्यो । सायद हप्तामा एकचोटी जाने गर्नुपर्ला । तर डाँडा तिरै सफा हावा हुन्छ क्यारे ।

Tuesday, September 8, 2009

लिज्जी केल्विनिज्जी

लिजा किचन भित्र आयो र वरिपरी टाउको घुमाउदै "व्हेर इज् दि ओल्ड बे?" भनेर सबैलाई सोध्दै खोजिरह्यो । केल्विनले व्यस्त भएर काम गरिराको बेलामा "लुक अन्डर द टेबल, इट् माइट बी अन्डर वन् अफ् दोज सिजननिङ सल्ट बक्सेज् बिनिथ द रयापर" भनेर भन्यो । सायद केल्विनले हतारमा भनेको सबैकुरा लिजाले एकैचोटी ठम्म्याउनु सकिनन अनि टेबल मुनि हेरेर उसले खोजेको समान भेटाउदै न भेटेपछि लिजाले फेरि चिच्चाएर भनिन, "केल्विनsss! अन्डर व्हेर्sss?

केल्विनले हत्त न पत्त लिजालाई हेर्दै भन्यो, "किप इट डाउन् गर्ल, डोन्ट टक अबाउट माई अन्डरवेर!!"

Saturday, August 8, 2009

नुन् र चिनी पानी

झाडा पखाला लागेको बेलामा सधै प्रयोग गर्नुहोस् ।


Tuesday, June 23, 2009

वेस्ट अफ् एनर्जी

बाहिर वेदर चिसो छ
घर भित्र चै किन केटाहरु
चिसो AC लगाएर
सिरक ओढेर सुत्छन्?
व्ह्वाट् अ वेस्ट अफ् एनर्जी !
यो तेस्रो पल्ट हो
मैले उठेर AC बन्द गरेको

अर्को भाई छ जस्ले
दिन दिनै एउटा दुईटा टी-शर्ट
लन्ड्रीमा हाल्छ
व्ह्वाट् अ वेस्ट अफ् एनर्जी !
उसलाई सबैले मैला जति पोको पारेर
सबै एकैचोटी धुनु भनेको
हिजो चै हातैले धुदै थियो

Monday, June 15, 2009

डोमिन्ङो र डोनट

मैले काम गर्ने ठाउमा तीन जना मेक्सिकनहरु पनि काम गर्छन् । एउटाले म संगै पकाउछ । अर्कोले भाडा माझ्छ । अर्को चै कुचो लाउछ garbage फाल्छ । उनिहरु संग काम गर्दा गर्दा फाट्टफुट्ट दुईचार स्प्यानिश कुरा पनि टिपिन्छ । उनिहरु स्प्यानिश बोल्दा नराम्रो कुरा बाहेको अरु चै ठम्म्याउन अलि गाह्रो हुन्छ । त्यो कुचो लाउने चै नयाँ मान्छे हो । पहिला काम गर्दैन थियो । भर्खर यो पालि मात्र आएको हो । लगभग चालिस उमेर पुगेको हुनुपर्छ-त्यसको नाम डोमिङ्गो हो । त्यसको बुढी पनि एउटै ठाउमा काम गर्छ । त्यसको बुढीले "मेक्सिकोमा US Dollar लग्यो भने मुचो दिनेरो हुन्छ" भन्छ । मलाई तिनार्ले "चिनित्तो" भनेर एक आपसमा चिनाउछन ।

मैले त्यसलाई एकपल्ट, "डोमिङ्गो!! यो मैला बाहिर लगेर फाल्नु जा!" भन्दा उसलाई मनमनै रिस उठेको जस्तो छ । म जस्तो फुच्चेले उ जस्तो पाकोलाई काम अर्हायो भनेर होला । सायद म अलिकति झर्किए क्यारे । त्यसलाई राम्रो सित इङ्लिस बोल्नु नआएर होला अरु मेक्सिनहरुसंग स्प्यानिशमा बोल्दै मलाई गाली गरेको हो क्या हो कुन्नि-नराम्रो शब्दहरु चै फ्याट्टै बुझिहालिन्छ नि । त्यसलाई निहुँ खोजुम भने इङ्लिस पनि राम्रो सित बुझ्दैन । त्यसको अनुहार देख्ने बित्तिकै ईरिटेटिङ लाग्थ्यो ।

त्यसले खाली मेरो खिसी मात्रै गर्ने अनि म पनि त्यसलाई देख्ने बित्तिकै इङ्लिसमा फोह्रो फोह्रो गाली गर्ने भैराको थियो भरै त एकदिन गार्बेज सिधै बाहिर फाल्नु नलगिकन किचन पछाडीको ढोका निर पो देख्छु । एल्ले के गर्दै छ आफ्नो काम नगरिकन,अब एल्ले मेरो गाली खाने भयो भन्दै गाली गर्नु तम्सिएर गाको त त्यसले त गार्बेजमा फालेको जति Donuts हरु टिप्दै छुट्टाएर अर्को सफा बाक्समा पो हाल्दै रैछ । दिनमा बिक्री नभाको जति डोनट सबै अन्तमा फालिन्छ । त्यसलाई केटीहरुले यो सबै डोनट फाल्नु भनेर अर्‍हाएको रैछन । इङ्लिस बोल्नु नजान्ने भएर होला फाल्नु भन्दा अगाडी माग्नु अफ्ठ्यारो मानेको हुनाले त्यसले चै गार्बेजमा फालिसके पछि ढोका पछाडी कसैले नदेख्ने ठाउमा ल्याएर त्यसो गरेको रैछ ।

"तैले के गरेको यो?" भनेर सोधेको त,"मी फेमिलिया" भनेर टाउको हल्लाउदै गार्बेजमा सफा जति डोनट केलाई रह्यो । "mi familia hungry" "very very hungry" भन्दै मेरो बालबच्चा अनि अरु परिवारलाई दिन्छु भन्दा खेरि पो साह्रै माया लागेर आयो । मेरो रिस सबै पग्लियो । उभ्भिएर हेरिराखे । घिनाउनु पनि अफ्ठ्यारो लाग्यो । तम्सिएर गाली गर्नु गाको गाली गर्नु पनि मन लागेन । "अर्को पालि मागिस भने गार्बेजमा फाल्नु भन्दा अगाडी सिधै काउन्टरबाट नै बाक्समा हालेर लैजा" भनेर भने । "कम्प्रेन्दे" भन्छ । आफैलाई नराम्रो लाग्यो । आजकल म त्यसलाई गाली गर्दिन । पहिला देख्ने बित्तिकै ईरिटेटिङ लाग्थ्यो । आज्कल त्यसो हुदैन ।

Tuesday, April 14, 2009