Friday, August 15, 2008
यस्तै हो
खै? यो पालि झन ओसन सिटीको मुभी हलमा फ्री मा फिल्म हेर्नु जाने भनेको त त्यत्तिकै हुने भो ! टिकट चेक गर्नु ढोकामा उभिने सबै नेपालीहरु नै हुन्छन हरे । झन चिनेको नेपाली छ भने त सित्तैमा हल भित्र नै पसाईदिन्छन हरे भनेर सुनेको थिए । आफ्नो त भाग्यै रहेनछ । मेरो पनि एकदुईजना चिन्ने साथीहरुले त्यहाँ काम गरिदिएहुन्थ्यो नि । अनि त्यसपछी म पनि "चान्समा डान्स" भने जस्तै एकपल्ट पसेर सबै पाचैवटा मुभी भ्याएर निस्किन्थे ! लौ न लौ ! यहाँ कसैले मलाई पनि फ्रीमा मुभी हेर्नु पसाउने हो भने कृपया कन्ट्याक्ट गर्दिनु भएहुन्थ्यो ।
Monday, August 11, 2008
त्यस्तैखाले एउटा दिन
आज बिहान बसपार्कमा थुप्रै नेपाली विधार्थीहरु गाडी पर्खेर बसिरहेका थिए । निकै बेर भो पर्खेको तर गाडी आएन । म पनि एउटा कुनामा उनीहरु संगै गाडी कुरेर बसे । छेउमा एकजना को हो नचिनेको नेपाली विधार्थी वरपर एता र उता घुमिरहेका थिए । एक्छिनमा फेडरल एजेन्टका जस्ता देखिने दुईजना अग्ला अग्ला डिटेक्टिव हुन् क्यारे, हातमा बेन्डेड् लगाएको मान्छेलाई कसैले देखेको छ कि छैन भन्दै सोध्दै हिडिरहेका थिए । पछि एउटा नेपाली केटालाई बोलाएर सरकारी नम्बरप्लेट भएको गाडीमा बोलाएर लगेर गए । किन उसलाई बोलाएर लग्यो केहि कुरा थाहा भएन । आशा गर्दछु उनि सकुशल नै छन । जे होस, मैले चै के कुरा लेख्नु आटेको भने, त्यहा अर्को नेपालीले बाटोको छेउमा गएर पिचित्तै थुके । उसको साथीहरुले "ओए! मुला के गरेको तैले?" भनेर हपार्नु थाले । उसले भने दायाँबायाँ पुर्लुक्क हेर्दै कसैले पनि देखेनछ भनेर ढुक्क भएपछी, कलेजमा आफ्नो मेजर बिषय जनाउने हिसाबले मुसुक्क हाँसेर उत्तर फर्काए - "मेरो स्प्युटम डीस्चार्ज गरेको नि!" जे होस् उसलाई मान्नु पर्छ । काम जस्तो सुकै तल्लो गरेपनि भाषा चै निकै सभ्य प्रयोग गर्नु जानेको रहेछन् ।
Saturday, June 14, 2008
नराम्रो बानी
मेरो सानोमा थाल चाट्ने एक्दम नराम्रो बानी तर अहिले त्यस्तो छैन । दुईटा हातले समातेर ल्याप-ल्याप थाल मात्रै हो र? तरकारी पकाएको कह्रैमा उभ्रेको मसलाको लेदो माथि भात मोलेर सबै हसुर्ने । आमाले कस्तो राक्षस पाएछु भन्नुहुन्थ्यो । डाढु चाटिस भने तेरो बिहामा पानी पर्छ भन्नुहुन्थ्यो । दिदीले तरकारीमा बेसार अड्कलिनु नजानेर हो क्याओ कुन्नि? हात पखालिसकेपछि पनि पहेल्लै हुन्थ्यो । धन्न मैले त चिटिक्क गरेर खान्थे । कोसै-कोसैले त भात मुछ्नु पनि जान्दैनन । हत्केला फिजाएर गुजुङ् गुजुङ् भात मिच्छन अनि औला-औलाको चेपबाट भातको सिठा निस्कुन्जेल अचट्छन । गाँस पनि आखा चिम्लेर हाल्छन अनि राम्रो सित नचपाईकनै निल्छन । म त आजकल चम्चाले मात्रै भात खान्छु । मोर्डन पल्टिनु खोजेको त होइन तर आफ्नो हातले के के छुइन्छ के के । त्यसैले ।
Tuesday, May 6, 2008
रेस्टुरेन्ट भाषा
रेस्टुरेन्ट भित्र भान्छा कोठामा कुनै पनि कुरा सकिएको छ भने '86' भनेर कोड प्रयोग गरिने रहेछ । "के हो यो 86 भनेको?" भनेर सोद्धा, जेट्ठा कुकले मलाई बुझाए,"यदि हामी संग किचनमा पाउरोटी सिद्धियो भने बाहिर वेट्रेसहरुलाई पाउरोटी 86!! भनेर चिच्चाउनु पर्छ अनि त्यसपछी उनीहरुले हामी संग अहिलेलाई पाउरोटी सकिएको रहेछ भनेर बुझ्नेछन!"
ठ्याक्कै आज बिहान किचनमा व्हिट ब्रेड सकिएको रहेछ अनि एकजना वेट्रेसले पनि फेरि त्यहि कुराको नै अर्डर झ्यालमा सुटुक्क् छोडेर गएछिन । अस्तिनै सिकेको कुरा आज ठ्याक्कै काम लाग्ने भयो भन्ठान्दै झ्याल निर गएर अब "व्हिट ब्रेड 86!!" भनेर जोडले चिच्च्याउछु भनेर गाको त भरै जतानामको ठुलो स्वरमा "व्हिट ब्रेड 69!!" पो भनेछु । किन त्यसो भन्न पुगेछु कुन्नि आफै अचम्म परे । उता घाँटी बटार्दै सबैजनाले मलाई हेरेर गललल हास्नुथाले । "ल्हौ मार्यो कता टाउको लुकाउने होला" जस्तो भएर एक्छिन त कता जाम-कता जाम भाको । थोत्थोरै लाज पनि लाग्यो । एउटा कुरा भन्छु भन्दा अर्कै कुरा भनिपठाएछु ।

Friday, May 2, 2008
मोडरेसन रिक्य्वायर्ड
हेर है साथी हो ! सबैजनाले थाल्नु भन्दा अगाडि राम्रो सित बिचार पुर्याउनु होला । जुनै कुरा पनि धेरै भयो भने हानिकारक हुने फिलोसफी तपाई-हाम्लाई थाहा भएकै कुरा हो । जे कुरा पनि मोडरेट अथवा ठिक्कको हुनु जरुरी भएको सबैलाई थाहा नै छ ।
मैले मेरो हटमेलमा "केरा खानुको फाइदाहरु थुप्रै छन" भनेर ईमेल पाए । यसले हाम्रो जीउ भित्र रगतको बहावलाई मद्दत पुर्याउने र मुटु, दिमाग, ब्लड प्रेसर आद्दि इत्यादि लाई ठुलो सहयोग पुर्याउने कुराहरु बयान गरिएको थियो । केरामा पाईने पौष्टिक आहारहरु जस्तै ग्लुकोज, फ्रुक्टोज, सुक्रोज अनि नाना-भाति सबैकुराको फाइदाहरु उल्लेख गरिएको थियो । खास गरेर आईमाईहरुलाई छोरा पाउने रहर छ भने गर्भ कन्सिव गर्नु अगाडि केरा खाने बानी बसाले हुन्छ भनेर लेखिएको थियो । यो कुरा चै साचो हो कि होइन, मलाई पक्का थाहा भएन तर शिकागोको कुन्नि के युनिभर्सिटीमा अनुसन्धान गरिएको भनेर चर्चा गरिएको थियो । मलाई लामो डिट्येलमा पढ्नु झ्याउ लाग्यो । तर केटाहरुलाई चै केरामा भएको भिटामीन बी ले आफ्नो पोटेन्सीलाई अझै बढाउनुको लागि ठुलो मद्दत गर्ने र आफ्नो सेक्सुअल लाईफलाई एक्टीभ र चालु राख्न मद्दत गर्ने भनेर लेखिएको कुरा चै साह्रै ईन्ट्रेस्टिङ लाग्यो । त्यै भएर मैले पनि आफ्नो फ्युचरको बारेमा पहिलो पल्ट सोच्दै दिनदिनै केरा खानु थालेको त भरै कस्तो साह्रो, आज तीन दिन भैसक्यो, टट्टी अड्केर कत्रो आपत!

Monday, April 28, 2008
तपाईले कति ओटा खसी ढाल्ने ?

कोसैलाई आफ्नो बिहामा पाँचवटा खसी ढाल्यो भन्दा निकै फुरुक्कै हुनु मनलाग्छ होला कि कसो? पक्कै पनि जोसुकै भएपनि निकै दंगै पर्छन होला । तर त्यो बिचरा मार पर्ने खसीलाई कस्तो अनुभव भैरहेको हुन्छ होला भनेर म त्यो खसीको दिमाग भित्र पसेर उसको मर्का बुझ्ने कोसिस गर्दैछु । एकातिर एक्दमै रमाईलो अनुभव बाँडिएको हुन्छ भने अर्कोतिर चै साह्रै डरलाग्दो त्रास छाएको हुन्छ । म किन यस्तो कुराहरु सोच्दैछु? कतै म बौलाउनु आटेको त होइन? कस्तो कस्तो खाले कुराहरु दिमागमा आँउदैछ हँ ? मुखमा क्वाम्म मासु हालिसकेपछि दाँतले दाँया र बाँया लुच्छ्दै, गालाबाट झोल चुहिएर औंला देखिन् कुईनासम्म पुगुन्जेल भने केहि पत्तो हुदैन। अनि केहि समय अगाडि जागेको दया त्यत्तिकै बिलाएर जान्छ । हाम्रो आँखा किन यसरी टाल्लिन्छ ? यस्तै छ लाईफ !
Tuesday, April 1, 2008
पेन्सिल कसरी तिखार्ने ?
आज लगभग १२-१३ बर्ष पछि होला मैले चक्कुले पेन्सिल छिलेर लेखेको । तपाईको छोरा छोरीलाई पेन्सिल चक्कुले पनि छिलेर तिखार्न सकिन्छ भनेर थाहा दिनुहोला । आजकल त सबैजना शार्पनर चलाउछन त्यसैले उनिहरुलाई यसबारे ज्ञान नहुन सक्छ । चक्कुले पेन्सिल तिखार्दा राम्रो सित ध्यान पुर्याएन भने औंला काट्टिनु सक्छ भनेर सचेत गराउनु होला ।
आज चक्कुले पेन्सिल छिलेर कपिमा लेख्दा त स्यानोको स्कूलको सम्झनाहरु आयो । चक्कुले पेन्सिल तिखार्ने तरिका :
१) पेन्सिल बाँया हातमा लिने र चक्कु चै दाँईनेमा ।
२) त्यसपछि दाईने हातको बुढि औंलालाई बाँया हातको बुढि औंलाको ठ्याक्कै अगाडि राखने ।
३) याद राख्नुहोस, तपाईको दुइटै बुढि औंला पेन्सिलको माथि बसेको होस् ।
४) त्यसपछि बिस्तारै बिस्तारै बाँया बुढि औंलाले दाईने बुढि औंलालाई अगाडी र पछाडी ठेल्दै तिखार्नु थाल्नुहोस् ।

तपाईसंग चक्कु छैन भने दाह्री काट्ने टोपाज ब्लेडलाई आधा भाँचेर पनि तिखार्नु सकिन्छ ।
तपाईले यो गाईडलाईन फलो गर्दा औंला काट्नु भयो भने यसमा मेरो कुनै दोष हुने छैन।

क्याटर्याक्ट विरुद्द बेसबलको टोपी
हिमाली भेगमा बस्ने बालक तथा बृद्धहरुमा घामबाट आउने अल्ट्राभायोलेट किरणले गर्दा आँखामा असर पार्ने मौका धेरै हुन्छ हरे र त्यस्पछि आँखाले नजिकको मात्रै राम्रो सित देखिने र टाढाको चै धमिलो देखिने स्तिथि आईपर्छ हरे जस्लाई "क्याटर्याक्ट" भनिंदो रहेछ । क्याटर्याक्टका कारण दृष्टिविहीन पनि भैईने रहेछ । सोहि बिषयलाई लिएर क्यानाडाकी नागरिक वेन्डा दिदीले नेपालको दुर्गम हिमाली क्षेत्रमा क्याटर्याक्ट समस्या सुल्झाउन नेपाली बालबालिका तथा बृद्धहरु माझ थुप्रै बेसबल क्याप पुर्याउने निधो गरेकी रैछिन । त्यसका लागि उनले सहयोगार्थ अनेक प्रयत्न गरिरहेकी रैछन । क्याटार्याक्ट निर्मूलन पार्ने अत्ति उत्तम बिचार । म यो Caps against Cataract उद्दारकर्मीहरुको बिछट्टै नौलो अनि कलात्मक ढंगको बिचारलाई मनभित्र देखिनै आत्मसम्मान गर्दछु । क्याटर्याक्ट सर्जरी भनेको धनी र पैसा हुनेलाई मात्रै उपलब्ध भएकोले गरिब जनताका लागि भने बरु टोपी नै लगाएर भएपनि यो रोग निर्मूल पार्न सकिने सोचेर नै दिदीले पाईला चालेकी हुनुपर्छ ।
तर मलाई डर लाग्छ ...निशुल्कमा कुनै पनि कुरा पाईन्दैन हरे भन्छन ।
ती बेसबल क्यापहरुले(उद्दार गर्ने दानीहरुको इच्क्षा बिपरीत)दुर्गम क्षेत्रका कलिला नेपाली बालकहरुको क्याटार्याक्ट समस्या चट्ट सफा गरे वापत कलिला दिमागमा फेरि नेपाली टोपी भन्दा बिदेशी टोपी नै दामी भन्ने खाल्के नेपाली गौरवतामा आँच पुर्याउने मानसिकता नजगाईदियोस । मेरो बिचारमा हाम्रो मनमा यस्तो भावनाहरु पैदा हुनु भनेको क्याटर्याक्ट भन्दा ठुला मानसिक रोग हुन् जसले गर्दा ती बेसबल क्यापहरुमा गाँसिएका अपरिचित संस्कृति, महत्व, सपना अनि भावनात्मक मुल्यहरु आदिले व्यापारिक तथा अन्य पक्षलाई उद्दारको नाममा जानेर भनौ वा नजानिकन, जे होस् लामो अवधिमा उनीहरु आँफैलाई फाईदा हुने बाटो चै नबिछाईयोस् । उनिहरुलाई फाईदा भन्दा पनि हाम्रो आफ्नै नेपाली गौरव र पहिचानलाई बेफाइदा नभओस् भन्ने मेरो मुख्य छलफलको बिषय हो । सामान्य काठको पिर्काबाट उचालिएर गचक्क परेको आरामदायी सोफा सेटमा थचक्क बस्न त कसलाई पो मनपर्दैन ?
अर्को कुरा: हामी सधै किन सहयोग दिनेमा भन्दा लिने मध्येमा मत्रै पर्छौ ? उद्दार गर्ने राम्रो राम्रो कलात्मक तरिकाहरु किन उनिहरुलाई मात्रै आँउछ ?
नेपालीहरुको आँखा "मात्रै" जोगाउन लागिपरेका उद्दारकर्मीको प्रयास सफल रहोस् ।
यस सम्बन्धित आर्टिकल हेर्नु यहाँ थिच्नु होला ।

Saturday, March 29, 2008
अध्याँरो गुगल

आज मार्च २९, २००८ शनिबारको दिन । गुगललाई Earth Day लागेको छ हरे त्यसैले संसार भरि उर्जा सदुपयोग बारे जनचेतना जगाउन गुगलको होमपेज कालो पारिएको छ । होमपेजमा भनिएको छ हामीले बत्ति मारेका छौ । अब तपाईहरुको पालो ! नेपालमा दिनको आठ-आठ घन्टा बिजुली लोड-शेडिङ हुंदा त कतै हाम्रो देशले निकै राम्रै काममा सहभागिता जनाएको पो हो कि ? सायद हामी साह्रै प्रकृतिप्रेमी छौ क्यारे - त्यसैले होला हामीलाई दिनदिनै यो Earth Day लागि रहेको छ ।
Tuesday, March 25, 2008
लस्ट ईन ट्रान्स्लेसन
नेपालीहरुले किन बिदेशीहरुलाई नेपालीमा फटाहा कुरा गर्न मात्रै सिकाउछन कुन्नि? अहिले मेरा सहकर्मी अलिशाले म नेपाली भएको थाहा पाएपछि उनले मलाई आफुलाई एउटा दुइटा नेपाली शब्द भन्नु आउछ भनेर सुनाइन् । मैले पनि अहो! कस्तो गजब रैछ भन्दै, लौउ सुनाउ न त तिमीलाई नेपालीमा के भन्नु आउछ भनेर सोधे । आफुलाई शब्द भन्नु आए पनि त्यस्को अर्थ चै थाहा नभएको जनाउदै खट्टो तितौरा खाँदा जस्तो अमिलो आँखा हुन्छ नि हो त्यस्तै एक्स्प्रेसन लाउदै उत्साहित मुद्रामा भनिन् - लट्टा जुस !! अनि के रहेछ यो Lotta Juice जस्तो सुनिने शब्दको अर्थ भनेर आफ्नो दिमाग केलाए । दिमागमा बत्ति उत्तिखेरै बलिहाल्यो अनि हल्का मुस्कुराएर उनलाई भने त्यसले तिमीलाई फोहोरो कुरा भन्नु सिकायो । अब अरु नेपालीलाई भेट्यौ भने त्यसो कहिल्यै पनि नभन्नु ।
यसै प्रसंगमा अर्को कथा घुसाईहालुम्,मेरा फेस्बुक मित्र बबीका अनुसार उनले एकजना कुइरेनीलाई नेपाली बोल्नु सिकाउने क्रममा "माई नेम इज जुली" लाई नेपालीमा भन्नु पर्दा "मेरो नाम जुली हो " भनेर भन्नुपर्छ भनेर सिकाएछन । बिचरी जुलीले नेपालीमा "हो" को अर्थलाई अङ्रेजी "Ho" को अर्थ लगाईछन र भनिछन, म जुली but I am not a Ho.

Tuesday, February 26, 2008
नर्थ कोरियाको एम्बसी
झम्सिखेल, जावलाखेलतिरै हो क्यारे नर्थ कोरियाको एम्बेसी भएको । अहिले सम्झिदा चै साह्रै हासुठ्छ । त्यो बेला त हामी दुई भाई बाहिर जाने भनेर निकै तात्तिएका थियौ । त्यसै क्रममा कहिले कुन एम्बेसी त कहिले कुनमा पुगिराको हुन्थ्यौ । थाईलेन्डकोमा पुगिएन कि? अस्ट्रलियाकोमा पुगिएन कि? फ्रान्स, जर्मनी कता-कताकोमा त पुगिएन होला? घुम्दा-घुम्दा वाक्कै भएर घर फर्किदै गरेको बेलामा बाटोमा झम्सिखेल नजिकै हो क्यारे-नर्थ कोरियाको एम्बेस्सी देखियो । दिनभरिको कुदाईले लखतरान परेको दुई भाई हामी साह्रै थकित भएर पनि होला,"लौ घर नजिकै रहेछ, यसमा पनि पसि हालौ" भनेर कुरा मिलाईयो । मोटरबाईक गेट नजिकै अड्याउनु अगाडी किन दिमागले काम गरेन कुन्नि? दिनभरि जुन जुन त भेट्छ त्यै त्यै एम्बसी पसेको भएर होला । गेट भित्र हेर्दा घर त सुनसान थियो । ओर्लेर गेटनिर भाको बोलाउने घन्टी थ्याच्छ थिचिहाल्लियो । घन्टी बज्ने बित्तिकै हामी दुवैको दिमागमा पनि बल्ल घन्टी बज्यो । त्यसपछि त हामी दुवै भाई एक अर्कालाई हेर्दै मनमनै प्रश्न गर्यौ । नर्थ कोरियामा मर्नु जानु छ र घन्टी थिचेको ? को पो जान्छ होला त्यहाँ काम गर्नु? त्यति भन्दै हामी दुवैको एकैचोटी हासो फुट्यो । त्यसपछि अताल्लिएर छिटो छिटो भागौ भनेर मोटरबाईकमा चढ्नु आटेको भरै त भित्रबाट एउटा नर्थ कोरियाली आईमाई आईपुगिन र इङ्लिसमा सोधिन,"तपाईहरुले कसलाई खोज्नु भएको होला?"
हामी फेरि ढाँट्नु पनि नजान्ने । इङ्लिसमै उत्तर फर्कायौ, "बाटो हराएर आईपुगिएछ, माफ गर्नुहोला, सरी!" भन्दै टाप कस्यौ ।
बिदेशिने क्रममा नर्थ कोरियाको एम्बसी पुग्ने पहिलो नेपाली हामी दुईजना दाजुभाई नै होला ।

Tuesday, January 29, 2008
धेरै हतार नगरौ
जाडोको महिना थियो क्यारे । टि भी कोठामा हिटर बालेको थियौ । पाहुनालाई डाईनिङ रूममा चिसो होला भनेर टि भी कोठामा नै भात खुवाउने भन्नुभयो । त्यस्तो राम्रो कार्पेट माथि भातको सिठा अथवा चिल्लो तरकारी वा तेल-सेल झार्ला भनेर टेबल मेट बिछाईयो । पाहुनाले खाना खाएर सकाउनुभयो । पाहुनालाई Tissue Paper ल्याएर दिनु नभ्याउदै पाहुनाले त हत्त न पत्त छेउको newspaper ट्याप्प टिपेर काच्याक कुचुक पार्दै हातमुख पुछ्न थाल्नुभयो । Newspaper परेछ एक्दमै low quality paper को । हुन्छ नि त्यो सुन्धारा असन तिर बेचिने दृष्टि, देशान्तर, जनादेश खाले खबरपत्रिका । पक्कै पनि त्यस्तो पत्रिकामा सस्तो खाले मसीको प्रयोग भएको हुनुपर्छ । अब त्यस्तो खाले कागजले मुख पुछेपछि के होला ?
बिचरा हाम्रो पाहुनाले मुख पुछेर टाउको ठाडो पार्दा त उन्को गाला, मुख र निधार भरि जताततै देशान्तर र जनादेश लेखिएको अक्षरै अक्षरले पोतिएको ।

Sunday, January 20, 2008
इन्डोनेस्यन आमै
एका बिहान इन्डोनेस्यन आमैले आफ्नो नातिनीको फोटो देखाउदै भनिन् - "लुक दिस इज माई ग्रेन्डटर । " हामी जस्तो ठिटालाई के खान देखाउनु पर्यो होला उस्को नातिनीको फोटो । अझै उ अहिले तरुनी भैसकी भनेर पनि भनिन । हामी सोझो मान्छे अलिकति लजाएको एकटिङ पनि गरिहाल्यौ । मैले पनि मौकामा थपिहाले,"शी इज भेरी प्रिटी! वि केन बी कावान-कावान ! बुढि आमैले हास्दै आफ्नो नातिनीको फोटो हत्तपत्त लुकाइन् । भरै भोलिपल्ट त पुरै फेमिली एल्बम नै बाहिर टेबलमा, त्यैपनि दुई-दुई ओटा । तर अहिले मलाई एल्बम हेर्ने फुर्सद भने छैन । यी आमैले केरालाई तेलमा तारेर पकौडा जस्तो बनाउद रैछिन । अन्त सिद्रा माछा पनि इन्डोनेस्याको एक्दमै सबैलाई मनपर्ने खाना भएको बताउछिन । वहाँले पकाउनु भएको खाना खाँदा त ब्रुनाईमा नासी कातोक खाएको याद आँउछ । दुईजना बुढाबुढी सधै मस्जिद जाँदा केई न कै खानेकुरा पकाएर लैजाने गर्दछन । आवाशले भन्यो धर्म नै गर्नु छ भने घरबाट नै सुरुगरे भैहाल्यो नि हैन ? त्याँ मस्जिदमा लगेर खुवाउनु भन्दा बरु हामीलाई नै मिठो मिठो पकाएर खुवाए कति उपकार हुन्थ्यो, हामीलाई सधै भात पकाई राख्नु पनि पर्दैनथ्यो । यस्तै यस्तै कुरामा अर्को कुरा निस्कियो । मान्छे हरु किन मन्दिरमा गएर मात्र खाना बाँढछन । बाटोमा बसेको माग्ने लाई पनि किन मन्दिरमै पुग्नुपर्ने ? उपकार गर्नेहरुले के मन्दिर वा मस्जिदमै गएर मात्रै अर्काको भलो गर्नुमिल्छ भनेर सोच्दछन ? सांचो परोपकारीले त यसरी आफ्नो उपकार गर्ने गन्तव्य पक्कै पनि छुट्टाउदैनन् ।
कतिपयले भलो गरेवापत स्वर्ग पुगिन्छ भन्ने लोभमा उपकार गर्दछन । त्यो उपकार होइन, लोभ हो । त्यो उस्ले स्वर्गको ढोकाभित्र छिर्ने टिकट बनाउनु खोजेको मात्रै हो । त्यहाँ ढोकामा बस्ने accountant लाई लौ! हेर भग्वान मैले कत्ति धेरै मान्छेलाई उपकार गरेकोछु भनेर भन्नुको लागि मात्रै हो । पक्का उपकारीलाई न स्वर्ग चाहिन्छ न त पाताल नै । न उस्लाई कसैको पुजा गर्नु छ न कसैले आफुलाई पुजोस भन्ने आश नै । धर्मको कुरा गर्ने हो भने कहिल्यै पनि सकिन्दैन र मान्छेहरु एक आपसमा सधै म ठिक र त बेठिक भनेर लड्छन । यै कुराले धर्म भनेको मानव निर्मित institution हो भनेर बुझिन्छ नत्र त्यो युगमा दैविय शक्तिहरु भएको भए पक्कै पनि आजसम्म मानिसहरु यसरी लडिरहेको हुदैनथिए । धर्म भनेको अन्धोहरुको लागि हो तर यो भन्दै गर्दा मैले आफैलाई ज्ञानी भन्नु खोजेको पनि होइन । म नाष्तिक होइन । मलाई सबै धर्मको teachings हरु मनपर्छ तर धर्मसंगै संस्कृतिबाट गाँसिएर आउने rituals को भने म सबैभन्दा ठुलो शत्रु हुँ । मलाई भग्वानको फोटो पुज्नु मनलाग्दैन । बरु उस्ले सिकाएको पाठ अनि राम्रो कुराहरु पुज्नु मनपर्छ (rituals excluded)।
कहाँ इन्डोनेस्यन आमाको कुरा कहाँ गाग्रामा पुगिराको । भैगो आजलाई यति नै । त्यो फोटो एल्बम चै कुनै दिन हेरौला । पक्कै पनि त्यहाँ उन्को थुप्रै राम्री राम्री नातिनीहरुको फोटो हुनुपर्छ ।

Saturday, January 19, 2008
तातो पानी
टोइलेटभित्र बाट कसैले बेस्सरी चिच्चाएको आवाज आयो, ”आsssत्था! मा...ने !"
सुन्दा पनि साह्रो हाँसुठ्यो । पक्कै पनि प्रज्वललाई तातो पानीले झुक्काएर पोलेको हुनुपर्छ । अहिले घरमा shower बिग्रेकोछ । तातो पानी कतिखेर एकैछिनमा व्हात्त आउने हो थाहा हुदैन । फेरि जतिसुकै मसिनो धारा पारे पनि एकदमै पोल्ने तातो पानी आउछ । त्यैमाथि धारा पनि कुन जमानाको हो कुन्नि? थोत्रे न थोत्रे छ । अस्ति म नुहाईरादा पानी साह्रो चिसो भयो भनेर हल्का तातो पानी पार्नु खोजेको त भरै झ्वाम्मै तातो पानी बढ्यो । त्येई माथि पानीको force ले बिग्रेको shower को बिर्को पनि फ्वात्तै झर्यो । त्यत्रो ठुलो पानीको भेल त सिधै मेरो निधारमा - आत्थु ! धारा बन्द गर्नु खोज्छु, पानी बन्द नै हुदैन ! त्यो जाबो सानो चारकुने shower, पछाडि सर्नु पनि नमिल्ने, एकछिन त ओहो झन्डै मरिन ! मासुलाई देक्चीमा उमाल्दा कस्तो हुदरैछ भनेर अलिकता अनुभव पनि भयो । कस्तो साह्रो निधार पोलेर burn भैराको छ । कस्सो ! तपाईहरुले झन्डै boil गरेको मासु खान पाउनुभएन । प्रेशर कुकरमा दाल पकाउदा, बिर्को भरि पानीको पहेलो फाप्रा बन्छ नि अन्त कोट्टाउदा पनि प्वाक्क प्वाक्क उप्किन्छ नि! हो त्यस्तै मेरो पनि निधारबाट छाला त्यसरी नै उप्किन्दैछ । मैले अईनामा हेरेको । अब नया छाला पलाउने भयो । जे होस् ! अब मेरो पुरानो टेन्सनै टेन्सन ले भरिएको निधारको छाला सबै निस्केर जाने भयो । २००८ मा मेरो नया निधार हुने भयो ।

Wednesday, January 2, 2008
Jackson Height को यात्रा
मीर्क्याटले आफ्नो घाटी तन्क्याए झै म पनि झ्याल बाहिर घाटी तन्क्याउदै हेरे । हिउ परेको रहेनछ । जुता कसे र लागे सब्ब्वे तर्फ । अलिक् चिसो हावा चलेको रैछ । बाटोमा एउटा दुइटा मान्छे हिढेको देखे । नया बर्षको बेला, जाडोको मौसम, फूटपाथ भरि सुकेको पात हावाको बेग संगै गट्टरतिर बत्तासिदै थियो । बाटो मुनि ट्रेन कुदिरहेको आवाज आउदैथियो । आफ्नो मेट्रोकार्ड गोजीभित्र छाम्दै निकाले । तल मान्छेहरु अर्को ट्रेन पर्खिरहेका रैछन् । म पनि उनिहरु छेउ गएर उभिए । छेउमा एउटा मान्छे आफ्नो सानो फ्लुट बजाउदै थियो । निकै मिठो धुन थियो । तर कसैले पनि वास्ता गरेको जस्तो देखिन्न थियो । भीड जम्दै गयो । ट्रेन पनि आयो ।
ट्रेनभित्र कोहि निदाउदै थिए भने कोहि गफ हान्नैमा मस्त, कोहि आईपड खेल्दैमा मस्त भने कोहि किताब पढ्नैमा मस्त । म चै उभिइएर झ्याल बाहिर ट्रेनको रफ्तारसँगै बगेको दृश्य पछ्छ्याउदै थिए ।
रुजभेल्ट एभ्न्युमा ट्रेन रोकियो । बाहिर Jackson Height बजार आइपुग्यो जसलाई अप्रवासी भारतियहरु जय-किशन हाइट पनि भनेर भन्ने गर्दारहेछन । शिकागो शहरको Devon Street लाई दिवान स्ट्रीट भने जस्तै, हासो उठ्दो । जे होस, जय-किशन हाइटको एउटा घरको भित्तामा थियो भारतिय चलचित्र अभिनेता सारुखानको ठुलो पोस्टर । छेवैमा रहेछ बंगालीको समोसा पसल । समोसा पर्यो मेरो फेब्रेट । मुख च्याति च्याति समोसा टोक्नु साह्रै मनपर्ने तर काठमान्डुमा कलेज पढ्दा एकचोटी केटीसाथीहरु माझ मैले चम्चाले समोसा कोट्टाउदै खाएको देखेर केटीहरु दङै परेका थिए । मलाई निकै स्वाङ पार्नु पर्ने । तर म आजकल त्यस्तो छुइन । म एकदमै pragmatic वा practical भैसकेकोछु । विदेश यात्रा र शिक्षाले मेरा ढोंगी सोचाई र बिचारहरु बदलिईसकेका छन ।
बाटो पारि रहेछ नेपाली रेस्टुरेन्ट । नेपाली रेस्टुरेन्ट देखने बित्तिक्कै किन होला दिमागमा खाली मोमोको मात्रै याद आउने ? चिउरा र भटमास खाइयो । मिठो रहेछ । अघिल्लो रात त्यहि रेस्टुरेन्ट अगाडी एकजना नेपाली जस्तै देखिने चुरोटको सर्को तान्दै उभिएका मानिसलाई हामीले भेटेका थियौ । चिने चिने जस्तो लाग्ने तर हो कि होइन भन्दै मैले रेस्टुरेन्ट छिर्नु अघि फर्किएर सोधिहाले - " दाईलाई त एकदमै चिनेको जस्तो लाग्यो नि ! "
उहाँले भुईमा फालेको चुरोट कुल्चिदै, मन्द मुस्कान लाएर भन्नुभयो - " साथीहरु सबै मलाई हरिश माथेमा भनेर चिन्ने गर्दछन् । "
एकछिन त कुनै नेपाली फिलिमको डायलग दोहोरिएको जस्तो पनि लाग्यो । खुशी मान्दै म र मेरा साथीहरु उहाँसँग हात मिलाउदै एक दुई स्न्याप फोटो खिच्यौ र रेस्टुरेन्ट भित्र पस्यौ । रेस्टुरेन्ट भित्र गाउदै थिए दिपक बज्राचार्य । नेपाल हुदा मेरो लाईफमा यिनी कलाकारहरुलाई यत्ति नजिक बाट भेट्ने मौका कहिल्यै पाएको थिएन । म मान्दछु नेपाली पप गायक गायिकाहरु प्रति मैले पहिले पहिले श्रद्धा नराखे पनि मान्छे भेट हुदाँ त रमाइलो नै हुनेरहेछ । मान्छे भेट्नु अघि र भेटेपछिको छाप बेग्लै हुदँरहेछ ।
बाँकी दिन क्विन्स एरिया घुम्दै बित्यो । जताततै स्पेनिश भाषी मेहिकनहरुले लटरम्मै ढाकेका । मेहिकाली संगीत र खानाले उनीहरुको बजार फैलिएकोछ । त्यसै गरि भारतीय अनि बंगाली, जिविइस, पोलिश, रसियन, जर्मन, चाइनिस, कोरियन, जापानी लगायत सबैको आ-आफ्नै enclave निर्मित भैसकेको रहेछ । यहाँ एकजना सोलुखुम्बुको दाईले भन्नु भाथ्यो - "यहाँ नेपालीको बस्ती हुन त अझै लाग्छ १० बर्ष । "
रात परिसकेको रैछ । बाटोको छेउमा शांग्रीला भेन्डिङ रहेछ । तातो तातो बोसो सरीको मोमो झ्वाम्म मुखमा हाल्दा त तर्कुला पिल्छिएको पनि चाल पाएनछु । सब्ब्वे ट्रेन समातेर घर फर्क्यौ । लघभग सबै पसल बन्द भैसकेका रैछन । रातीको ११:३० भैसकेको रहेछ ।

Saturday, December 22, 2007
पट्टु र राशिफल
म सायद ३ क्लासमा पढ्थे । सानोमा आफ्नो बाबा र कजन् भाई सित बजार घुम्नु जादा बाटोमा भविष्य पढ्ने पट्टु फेला पर्यो । पाँच रुपिया तिर्यो भने जालीबाट निस्केर चिट्ठी तान्दै पट्टुले भविष्य बताईदिने । कस्तो बुद्धिमान पट्टु !
भाईको जोखना हेराउने भनेपछि त्यो पट्टुले थुप्रै चिट्ठी मध्ये एउटा चिट्ठी तानेर भविष्यवाणी निकाल्यो जसले भाइलाई ७५ बर्ष सम्म बाँच्नेरैछौ भन्यो । भाई दङ्गै पर्नु स्वभाविक नै थियो । मलाई पनि जोखना हेरा भनेर कर गर्नुभयो । कतै बुद्धिमान पट्टुले मलाई चै तँ त अब दुइ बर्ष मात्रै बाँच्नेछस पो भन्ने हो कि भनेर डर लागेर आयो । मैले जोखना हेराउनु मानिन । बाबा र भाई दुवैले हास्दै,"छि यो नाथे डरायो " भनेर जिस्काए ।
हामी घरतिर लाग्यौ ।
महिनौ दिन बितिसक्दा पनि मेरो कलिलो दिमागमा मृत्यु प्रतिको त्रास निकैबेर घुमिरह्यो ।
सानो हुँदा आमालाई सबैले अनेकथरि प्रश्नहरु गर्छन । आमाहरु सित सबै प्रश्नको उत्तर भने हुदैन । सबै प्रश्नको उत्तर हुने आमाले पहिलोपल्ट आफ्नो प्रश्नको उत्तर दिन नसेको थाहा पाएपछि, आमालाई त्यै प्रश्न बारम्बार दोहोराएर वाक्कै पार्नु पनि रमाईलो नै हुन्छ । यसै सन्धर्भमा मैले पनि आमालाई, " यो संसारमा सबैजना मर्यो र एउटा मात्रै मान्छे बाच्यो भने कस्तो हुन्छ होला ? ममी " भनेर सोध्दा मेरो आमाले " त्यस्तो त हुनै सक्दैन" भनेर उत्तर दिन्थिन । फेरि पनि म खालि त्यै प्रश्न गरिराख्थे । चिडाउनु रमाइलो हुन्थ्यो ।
आज मलाई के होला, भोलि के होला भन्ने सायद यस्तै प्रश्नहरुले गर्दा होला मैले राशिफल हर्नु थालेको । आमाले "ह्या एस्तो राशिफलमा पनि पत्त्याउछ कसैले??" भनेर मलाई सल्लाह दिनुहुन्थ्यो तर फेरि आफै राशिफल पढ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, " म त खाली रमाईलोको लागि मात्रै पढ्छु नि !"
मलाई लाग्छ मान्छेहरु केवल रमाइलोको लागि मात्र राशिफल पक्कै हेर्दैनन । यो राशिफल भन्ने कुरा पनि साह्रो अचम्मको छ । हाम्रो दिमाग भित्र कुनै न कुनै एउटा कुनामा यस्ता कुराहरुले यस्तो छाप पारिरहेको हुन्छ जसलाई चाहेर पनि नकार्न सकिन्न । कसैलाई स्रोत थाहा छैन तर मान्छेहरु पत्त्याउछन । जति पढेलेखेको मान्छे भएपनि खबरपत्रिकामा पहिलो हेडलाईन पढेपछि सिधै अन्तिम पेजको राशिफलमा आँखा लाउछन् । हेर्नुस है म तपाइलाई नेपालीहरु कता कताबाट चै राशिफलको हेर्नु भ्याउछन, बताउनेछु ।
सबैभन्दा पहिलो राशिफल बिहान को एफ एम रेडियोबाट सुरु हुन्छ जुन्बेला धेरैजसो सुतेका नै हुन्छन् । अनि त्यस्पछि पसलमा दुध लिन जानेहरुले पत्रिका मार्फत आफ्नो रशिफल हेर्ने गर्दछन् । त्यस्पछि अलि ढिलो उठ्नेहरुले टिभीमा नेपालीमा समाचार सकिनु अगाडी राशिफल हेर्छन् । समाचार हेर्न नभ्याउनेले ईमेज चेनल हुन्छ कि नानाथरि योगा-सोगा वा जोगीहरुको चेनलबाट राशिफल हेरेर हुन्छ, अनि आफ्नो दिन सुरु गर्छन् । भित्र भान्छामा दुध उम्लेर गैसक्यो, उता राशिफल हेर्नैमा व्यस्त । हेर्नुस त, रशिफल हेर्नै को लागि मात्रै कत्रो होडबाजी । राशिफल हेरेर मात्रै आफ्नो योजना बनाउने अनि दिन्चर्या सुरु हुने यो कस्तो चलन !
जताबाट राशिफल थाहापाए पनि (विदेशी ॠण हरेक नेपालीको टाउकोमा लघभग १४ हजार पुगेको पत्तो छैन) आफ्नो रशिफल राम्रो लागेपछि नेपालीहरु " आज त मेरो दिन एक्दमै ठिक छ " भन्दै दङ्ग पर्छन । हुन त म आफै पनि राशिफलमा राम्रो-राम्रो लेखेकोछ भने पत्त्याउथे, नराम्रो लेखेछ भने, "ह्या एस्तो कुरामा पनि बिस्वास गर्छ ??" भन्दै पत्रिका एकातिर हुरराईदिन्थे । लौ भन्नुस त, तँ भोलि सिडीबाट बल्ड्याङ खाएर चेट हुन्छस भनेर कुन राशिफलमा लेखिएको हुन्छ ? तपाई हामी सबैलाई थाहा भएकै कुरो, धेरै जसो सबैलाई सामन्य रुपमा राम्रै भविष्यवाणी गरिएको हुन्छ । तोकिएर भविष्यवाणी देखाइन्छ भने पो हेर्ने ।
हजारौ बर्ष पुरानो तारा नक्षत्रहरुको ज्ञानमा आधारित बिज्ञान र आजको जमानामा फेला पर्दै आएका नया नया तारा मण्डलहरुको ज्ञान अनुसार पहिलेको राशिफल बनाउने प्रणाली आफैमा अपुग भएको भनेर बुझ्न सकिन्छ । राशिफल हेर्ने र साइतमा मात्रै चल्ने हो भने अहिले सम्म नेपालमा सबैकुराको परिणाम राम्रै निस्किनु पर्ने हो , होइन र ? यस्तै अन्धविश्वास र राशिफलमा चलेको हाम्रो देश अनि समाजमा सिर्जिएको वर्तमान परिस्थिती हेर्दा त, लाग्छ बुद्धिमान पट्टुले कतै हामी नेपालीहरुका लागि गलत चिट्ठी त तानेन ?

Wednesday, December 19, 2007
के तपाईलाई बिहे गर्ने टेन्सन छ ?
मलाई ? खै ? दिमागमा यो कुराले कता-कता घोचेको जस्तो पनि लाग्छ, खै के हो ?
मेरा साथीभाईहरुले के-के लेख्छ हँ एस्ले लेखनुपायो भन्दैमा भन्छन होला तर मलाई आफै सित ईमान्दार हुनु मनलाग्छ । मलाई थाहा भए अनुसार यस्ता कुराहरु सबैले झेल्छन तर थोरैले मात्र कुराहरु साट्छन । आखिर फुर्सदको कुराकानी न हो ।
अहिले जताततै पुरानो साथीहरुलाई कन्ट्याक्ट् गर्यो, जसले पनि एह त्यस्ले बिहे गरेछ नि हैन, उस्ले पनि बिहे गरेछ, लौ हामी त अब बुढो हुनु आट्यौ भनेर अत्त्तालिन थाल्छन्, तैले बिहे गरिस ? - भनेर पनि सोध्छन् । घरमा फोन गर्यो, आमाले पनि उहि कुरो, "हेर है छोरा, अब त तेरो पनि बेला हुनु आट्यो नि !"
सोमालियामा खान नपाएर मान्छे मरिराछन, सबैलाई बिहे गर्नैको चिन्ता छ । ढिलो भए नि छिटो भए नि, आखिर हुने बिरुवाको चिल्लो पात भैहाल्छ । किन त्यसै बित्थामा अताल्लिनु हैन र ? हा.. हा.. अलिक भन्नु खोजेको नमिलेको जस्तो लाग्यो ।
मेरो भनाईको तात्पर्य के हो भने, पहिला आफ्नो इच्छालाई प्राथमिकता दिने कि कसो ?
युनिकोड नेपाली डट कम मा नेपाली टाइप गर्दै बसेको त ठ्याक्कै मुन्तिर जीवनसाथी डट कम को विज्ञापन - कस्तो अचम्म । मैले बिहे गर्नु पर्यो भने यस्तो म्याच-मेकिङ साइट बाट चै गर्नु नपरोस् । कसैले भन्छन् अरेन्ज्ड मेरिज राम्रो, कोहि भन्छन् लभ मेरिज । मेरो लागि चै कुन राम्रो होला कुन्नि ? सोच्दै छु , सायद दुइटैको मिसावट बनाउनु पर्ला । लभ परेर मेरिज भाको राम्रो कि मेरिज भएपछि लभ परेको ? हुन त जुनै भएपनि दुइटै राम्रो, त्यैपनि भनेको जस्तो हुन्न रे भन्छन ? खै जान्ने बुझ्ने तपाईहरु नै हो , लौ सल्लाह् दिनु पर्यो ।
तर ढुक्कको कुरो के भने, बिहे गर्ने अधिकतम् उमेर ३० हो भने मेरो त अझै २-३ बर्ष डिपोजिट् छ । क्या मोज !

This is not for Nepalese
आज मैले ठमेल सम्बन्धि ब्लग्माण्डुमा एउटा पोस्ट पढे । पोस्ट पढ्दा त अहिले भर्खरै टिकट काटेर ठमेल जाउ जस्तो लाग्ने । विदेशी पर्यटकहरुको भीड, साथीभाईहरुको जम्घट, साना साना गल्ली र पसलहरु, झिलिमिली बत्ति, मोटरसाइकल र गाडीहरुको टिटिट् र पिपिप - कल्पना गर्दा त मनै थाम्न नसकिने । ब्लग चाहर्ने क्रममा तलपटि कमेन्ट पढे । सो ठमेल बारे लेखिएको पोस्टले खालि राम्रा राम्रा कुराहरु मात्रै जनाएकोमा एक्जना असन्तुस्ट पाठकले ठमेलमा नराम्रा कुराहरु पनि भएको कुराहरु लेखिनुपर्ने भनेर गुनासो गर्नुभएको रहेछ । कुरो ठिकै हो जस्तो लाग्यो । अनि मैले पनि कमेन्ट थपे ।
" बुट्वलबाट पढ्ने सिल्सिलामा काठमान्डु पुगेका मेरा मित्रले ठमेल घुम्दा एक जोर ट्राउसर किन्न भनेर ठमेलको एउटा पसल भित्र पसेछन् । पसल भित्र छिरेर उन्ले "यो ट्राउसरको दाम कति हो दाई" भनेर सोध्दा त पसलेले झर्किदै अङ्रेजीमा सेखी झार्दै " दिस् इच् नट् फर नेपलिज् !!" भनेर थर्कायो यार भन्दै उनि मुर्मुरिएको मलाई अझै याद छ । त्यतिखेर म लगायत मेरा साथीहरु उ माथि मुर्छा परि-परि त हास्यौ तर आज यहि कुरो एसो विचार गर्दा अचम्म लाग्छ । के ठमेलमा यस्तो नेपाली र विदेशी ग्राहक छुट्ट्याउने पसलहरु पनि छन ? "
मैले यहि कुरा कमेन्टमा हालेको थिए । एसो विचार गर्दा आफ्नो ब्लग पनि खालि भाको - भरिहालौ न यहिकुरो आफ्नै ब्लगमा पनि भनेर ब्लगिहालेको । मेरा सो मित्र हालै क्यान्सस राज्यमा अध्यन्नरत हुनुहुन्छ । त्यो भन्दा बढि त के भन्ने, नत्र फेरि लात् खाइन्छ ।

Tuesday, December 18, 2007
कागबेनीको छाप
हालै प्रदर्शन अघि नै चर्चामा आएको नेपाली चलचित्र " कागबेनी " बाट - नेपाली दर्शकहरुले १० बर्ष अघि देखि नै कुर्दै आएको उच्च स्तरको छायाँकन एवं कलाकारिताको माग पुरा होला जस्तो छ । यसो ट्रैलर मात्रै हेर्दा पनि म निकै आशावादी भएकोछु । यो पाली चै मलाई यो नेपाली चलचित्र हेर्नै पर्ने जस्तो लागिरहेको छ । यसमा कलाकारहरुको एक्टिङ शैली पनि बिछट्टै राम्रो देखिन्छ ।
अरु सामान्य नेपाली चलचित्र हेर्ने हो भने त्यहा कलाकारहरुको एक्टिङ पनि भारतिय कमर्शियल चलचित्रका एक्टिङ शैली संग दुरुस्तै मिल्न जान्छ । पटकथा, पात्र, छायांकन, निर्देशन देखि लिएर पहिरन, मेक-अप, संगित, म्युजिकल बेकग्राउन्ड् सबैकुरा दुरुस्तै हिन्दि फिल्म जस्तो हुन्छ र केवल फरक भनेको मान्छे मात्रै नेपाली । अनि सबैकुरो हेर्दै भारतिय पात्रहरु जस्तो लाग्ने चलचित्रले पनि कतै नेपालीको मन जित्नसक्छ त ? त्यस्तै खाले चलचित्र हेर्ने हो भने त बरु सबैजना सिधै हिन्दि फिल्म् नै हेरी हाल्छन नि ।
मेरो विचारमा कागबेनी संगै नेपाली चलचित्र क्षेत्रमा नौलो आशा पलाएकोछ । म आशा गर्दछु यो चलचित्रमा कथावस्तु कतै नबरालियोस् र सबैको प्यारो चलचित्र बनोस् । मेरो भनाईमा सधै हिन्दि चलचित्र मात्रै हेर्दै आएका नेपाली जनताले यो चलचित्रमा हिरो र हिरोइन् गीतको बोलमा नाचेको हेर्ने माग पटक्कै नगरुन् । नेपाली दर्शकले गीत र नाच भन्दा नेपाली कथावस्तुको माग गरुन् । यो चलचित्र आउदो भविष्यमा बन्ने अरु चलचित्रहरुका लागि राम्रो उदाहारण बनोस् र अहिले पैसाले मात्रै निर्देशक-निर्माता बन्ने हरुले पाठ सिकुन् ।
तर मैले जेसुकै लेखे पनि अब खास कुरो हेर्न त बाँकी नै छ । हेरौ कागबेनीले नेपाली चलचित्र जगतमा नयां क्रान्ति नै ल्याउछ कि नत्र जुन् जोगी आएपनि कानै चिरेको भनेर सिद्ध गर्नेछ ।

यस लेख सम्बन्धित व्यक्ति, ठाँउ, फोटो, आदि-इत्यादि
Anup Baral,
Asha Magrant,
Bushan Dahal,
Diya Maskey,
Hanif Md.,
Kaagbeni,
Kagbeni,
movie,
Nepal,
Nepalese,
Nepali,
Nima Rumba,
preview,
Puja Gurung,
Saugat Malla
यस्को नेपाली उल्था पढ्दा कस्तो हुन्छ होला ?
के तपाईहरुलाई उल्था गर्नु मनलाग्छ ? मनलाग्छ भने पहिले यसलाई उल्था गर्नुहोला । तपाईले जतिसुकै मात्र उल्था गर्नसक्नु भएपनि कृपया तल कमेन्टमा हाल्दिनुहोला । तपाईहरुको उल्था पढ्न म साह्रै उत्सुक छु । म पनि सकेसम्म प्रयास गर्नेछु । कल्पना गर्नुहोस तपाई र मेरो काम तल राखिएको अङ्रेजी चलचित्रको नेपाली subtitle बनाउने हो । नेपालीमा subtitle पढ्दा कस्तो हुदो हो कुन्नी ?
Happy Translating !
Vendetta Speech.
Voilà! In view, a humble vaudevillian veteran, cast vicariously as both victim and villain by the vicissitudes of Fate. This visage, no mere veneer of vanity, is a vestige of the vox populi, now vacant and vanished. However, this valorous visitation of a by-gone vexation, stands vivified, and has vowed to vanquish these venal and virulent vermin van-guarding vice and vouchsafing the violently vicious and voracious violation of volition. The only verdict is vengeance; a vendetta, held as a votive, not in vain, for the value and veracity of such shall one day vindicate the vigilant and the virtuous. Verily, this vichyssoise of verbiage veers most verbose. So let me simply add that it is my very good honor to meet you and you may call me V.

Subscribe to:
Comments (Atom)